१० लाख पटक हेरियो ‘कान्छी’को चिरी चट्ट, युट्युव ट्रेण्डिङको नं १ मा

श्वेता खड्का र दयाहाङ राई स्टारर फिल्म ‘कान्छी’को चार दिन पहिले रिलिज ‘चरी चट्ट परी’ बोलको गीतले नेपालमा युट्युव ट्रेण्डिङको पहिलो स्थान कब्जा गरेको छ । यतिबेला सामाजिक सञ्जालहरुमा यो गीत चर्चामा छ भाईरल बनिरहेको छ ।

 चार दिनमा गीतलाई अहिलेसम्म करिब १० लाख पटक हेरिएको छ । १८ हजारले लाईक गरेका छन् । युट्युवमा दर्शकले गरेका अधिकांश कमेन्ट ‘वाउ’ छन् । सकारात्मक प्रतिक्रिया पाएको गीत हेरेर धेरै दर्शकले ‘कान्छी’लाई अवेटेड पनि लेखेका छन् ।

‘मन मात्र हैन मुटु पनि छोयो यो गीतले र नृत्यले । धन्यबाद छ दयाहाङ दाइलाई र त्यस्तै गरिकन श्वेता म्यामलाइ।’ एकजना दर्शकको कमेन्ट छ । भने कतिपयले यो गीत हेरेपछि स्वेताका दिवंगत पति श्रीकृष्ण श्रेष्ठको याद आएको समेत लेखेका छन् ।

उक्त गीतमा स्वर अञ्जु पन्त र राजनराज शिवाकोटीको छ भने संगीत पनि राजनराजले नै भरेका छन् । आकाश अदिकारी निर्देशित यो फिल्म आउँदो माघ २६ मा रिलिज हुँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video