‘आँखै नलाउनी’मा दुर्गेश र रश्मीको रोमान्स (भिडियोसहित)

काठमाडौं– सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा गायिका कल्पना सुनुवारको ‘आँखै नलाउनी’ बोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा चर्चित गीतकार, संगीतकार तथा गायक बिरही कार्कीले शब्द तथा संगीत भरेका छन् । जसमा गायक कार्की र गायिका सुनुवारको सुमधुर स्वर रहेको छ । गीतको संगीत संयोजन भने गायक तथा संगीत संयोजक कमल सौरागले गरेका हुन् ।
गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । जसलाई क्रान्ती केसीले निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै ब्यस्त रहेका चर्चित मोडल दुर्गेश थापा र रश्मी तामाङको नृत्य रहेको छ ।

भिडियोलाई अजय रेग्मीलले छायांकन गरेका हुन्, भने निर्देशक केसीले नै सम्पादन गरेका हुन् । उक्त गीतलाई बजार ब्यवस्थापन भने सुनखानी म्युजिक प्रालिले नै गरेको छ ।

केही समयअघि गायिका सुनुवारले ‘डाँडैमा बिजुली आयो’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेकी थिईन् । जसलाई कार्की र सुनुवारले नै स्वर भरेका थिए । गीत निकै चर्चित बन्न सफल भएको थियो । जसले ‘म्युजिक खबर म्युजिक अवार्ड–२०७४’मा सर्बोत्कृष्ट नव–गायिका, निर्देशक र मोडलको अवार्ड जित्न सफल भएको थियो । भिडियो हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video