सलमानको साहसिक काम,यस्तो छ ‘टाइगर जिन्दा हे’को ट्रेलर(भिडियो)

 

२१ कात्तिक २०७४,काठमान्डौ । चलचित्रको कारोबार स्केलमा पुरानै साख फर्काउने आस गरिएको सलमान खानकैटरीना कैफ अभिनित ‘टाइगर जिन्दा है’ को बहुप्रतिक्षीत ट्रेलर सार्वजनिक भएको छ । झण्डै ६ साल लामो प्रतिक्षापछि सलमान र कैटरीनाले स्क्रिन रोमान्स गरेका छन ।

२२ डिसेम्बरमा रिलिज हुने चलचित्रमा सलमान एक्सन अवतारमा देखिने छन । आतंकवादी संगठन आईएसका कमाण्डर अबू उस्मानले २५ भारतीय नर्सहरुलाई आफ्नो कब्जामा लिएको हुन्छ । ‘टाइगर’ लाई ती अपहरणमा परेका नर्सहरुको सकुशल रिहाईको जिम्मेवारी सुम्पिएको हुन्छ । ‘टाइगर’ले कसरी नर्सहरुलाई अपहरणकारीबाट छुटाएर ल्याउछन् भन्ने बिषयमा चलचित्र बनेको छ ।अली अब्बास जफरले निर्देशन गरेको यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेका हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video