प्रमुख अतिथि सुनिल थापालाई २ घण्टा कुराइयो,नयाँ कलाकारलाई दिए यस्तो जबाफ ( भिडियो )

आज सोमबार राजधनीमा एक फिल्मको निर्माण घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । ‘वर्ल्डवाईड फिल्म डिष्ट्रीवुसन कम्पनी’ र ‘औष फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘कागजपत्र’को औपचारिक निर्माण घोषण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली फिल्म जगतका हस्ती कलाकार सुनिल थापालाई बोलाइएको थियो । सुनिललाई साढे एक बजे कर्यक्रमको समय दिइएको थियो। त्यही अनुरुप सुनिल १ बजेर ३५ मिनेट नबित्दै त्यहाँ आइपुगे ।


तर फिल्मका कलाकारले कार्यक्रममा आउन निर्धारित समय भन्दा अलिक ढिला गरे । सुनिलले करिव एक घण्टा कुर्नु पर्यो । जब कार्यक्रममा सुरु भयो सुनिललाई फिल्मलाई शुभकामना दिन लगाइयो । सुनिलले माइक समात्दै सुरुमै भने ‘पहिला पहिला हामी प्रमुख अतिथिलाई कुर्थ्यो । तर आज म प्रमुख अतिथी हुँदा म आफैले कलाकार कुर्न पर्यो ।’
पूरा कुरा हेर्नुहोस् भिडियोमा :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video