अनमोलसँग टक्कर गर्दै दयाहाङ
कृ र कान्छी माघ २६ मा

काठमाडौं : अनमोल केसी स्टारर फिल्म कृ को पटक पटक रिलिज डेट तय गर्दै सार्दै आईरहेको छ । चलचित्रका निर्माण टिमले फिल्मको छायांकन नै नसकाई लगातार रिलिजडेट तय गर्दै सार्दै आईरहेको हो । निर्माता सुवास गिरीका अनुसार अब भने फिल्म माघ २६ गते रिलिज हुने भएको हो । तर यो नै कन्फर्म रिलिज डेट हो हैन पत्याउन गाहे छ । प्रतिक्षित फिल्म भएका कारण यसको रिलिज डेट लगातार तय गर्दै सार्दै गर्दा दर्शहरुलाई अप्ठेरो हुन सक्छ ।

निर्माता सुवास गिरीले माघ २६ गते फिल्म रिलिज हुने जानकारी सामाजिक सञ्जाल मार्फत गरिएको हो । त्यहि दिन श्वेता खड्का अभिनित फिल्म कान्छि पनि प्रदर्शन हुने जानकारी यस अघि नै तय भईसकेको छ । यदि सोही दिन दुबै फिल्म प्रदर्शन हुने हो भने अनमोल केसी र दयाहाङ राईको स्टारडमको प्रतिस्पर्धा हुनेछ । यसो त दयाहाङको सोलो अभिनय घामपानी बाहेकका सबै फिल्महरु व्यवासायिक रुपमा सफल छैनन् ।

जस कारण पनि कान्छिलाई ठूलो नोक्सानी हुने देखिन्छ । यसर्थ यहाँबाट के पुष्टि हुन्छ भने कि कृ को रिलिजडेट फेरी सर्नेछ, कित फिल्म कान्छि रिलिज हुने छैन । यदि यसो गरेमा यी दुबै फिल्मलाई फाईदा हुनेछ नत्र दुबै फिल्म रिलिज हुँदा अप्रत्यक्ष रुपमा कृ लाई केही बेफाईदा हुनेछ भने फिल्म कान्छिलाई प्रत्यक्ष रुपमै धेरै हानी हुनेछ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video