प्रिमियरमा रुचाइयो ‘तान्द्रो’, दयाहाङको अभिनयले पायो प्रशंसा

काठमाडौं : कत्तिक २४ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘तान्द्रो’को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार राजधानीको बिग मुभिजमा आयोजित प्रिमियर शोमा धेरै कलाकर्मी, पत्रकार तथा राजनीतिक व्यक्तिहरुको उपस्थिति रहेको थियो । उपस्थित दर्शकले फिल्म उत्कृष्ठ भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा उठाइएको कथाबस्तु र कलाकारको अभिनयलाई दर्शकले खुबै रुचाएको पाइयो । फिल्ममा निर्देशकको काम पनि अब्बल भएको दर्शक प्रतिक्रिया थियो ।

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनामा आधारित रहेर निर्माण भएको फिल्म ‘तान्द्रो’लाई सम्तेन भुटियाले निर्देशन गरेका छन् । माओवादी युद्धकालमा लमजुङको छैलुङ गाउँमा गंगाबहादुर लामा (कोशिश)लाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’मा उतारिएको छ । फिल्ममा कोशिशको भूमिकामा दयाहाङ राई प्रस्तुत भएका छन् ।ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दायाहाङसंगै रामबाबु गुरुङ, कमलमणी नेपाल, अरुणा कार्की, सरस्वती चौधरी, मणीराम पोखरेल लगायतको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video