पाइरेसीमा पर्यो ‘लुट २’, फेसबुकबाट लिक भयो पुरा फिल्म

काठमाडौं : फिल्म गत वर्षको फागुन १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ पाइरेसीमा परेको छ । निर्माण युनिटले चलचित्रलाई सामाजिक संजालमा सार्वजनिक नगर्दै एक फेसबुक पेज(वाच मुभी अनलाइन)मा पुरा चलचित्र सार्वजनिक भएको छ ।
चर्चामा रहेका धेरै चलचित्रहरु पाइरेसीमा पर्दै आइरहेका छन्। केही समय पहिला मात्र पनि चलचित्र कालोपोथी पाइरेसीमा परेको थियो । ‘पशुपतिप्रसाद’, ‘कोहिनुर’ र ‘छक्का पञ्जा’ पनि पाइरेसीको चपेटाबाट मुक्त हुन सकेनन् । त्यही क्रम चलचित्र ‘लुट २’ पनि पाइरेसिको मारमा परेको छ।गत वर्षको सफल चलचित्रको रुपमा आफुलाई दहर्याउन सफल ‘लुट २’मा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, सृजना सुब्बा, कर्मा शाक्य, कामेश्वर चौरासिया, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्मलाई निश्चल बस्नेतले निर्देशन गरेका छन् । फिल्मको ठमेल बजार गीत एकदमै हिट थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video