बन्ने भयो ‘फाटेको जुत्ता २’, सौगात दोहोरिदा प्रियंका भने आउट

काठमाण्डौ : हाल प्रदर्शनरत चलचित्र ‘फाटेको जुत्ता’को सिक्वेल निर्माण हुने भएको छ। बिहिबार राजधानीमा आयोजित ‘फाटेको जुत्ताको’ सफलता सेलिब्रेसन कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो। ‘फाटेको जुत्ता २’ मा पनि निकेश खड्का कै निर्देशन रहने छ।
फिल्ममा सौगात मल्लको मुख्य भूमिका रहने छ ‘फाटेको जुत्ता २’मा सौगातसंगै फाटेको जुत्तामा अभिनय गर्ने सम्पूर्ण कलाकारको अभिनय रहने निर्माता अर्जुन कुमारले जानकारी दिएका छन्। तर फिल्ममा नायिका प्रियंका कार्कीको भने अभिनय नरहने भएको छ।

निर्माता कुमारले भने ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारहरुले नै ‘फाटेको जुत्ता २’ मा अभिनय गर्नुहुनेछ। तर नायिकाको टंगो भने हामी चाँडै लगाउने छौ।’ ‘फाटेको जुत्ता’को प्रचारमा साथ नदिएको भन्दै निर्माता अर्जुन नायिका प्रियंका कार्कीदेखि रुष्ट देखिन्थे।
‘फाटेको जुत्ता’ले एक हप्तामा २ करोड कलेक्सन गरेको जानकारी गर्दै अर्जुनले भने, ‘दर्शकले दिनुभएको मायाले गर्दा यसको दोस्रो भाग बनाउन लागेको हुँ।’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video