हिट बन्दै ‘झ्यानाकुटी’ पोज, प्रियंकाले दीपकलाई बोक्दा नीताले बोकीन् श्याम

काठमाण्डौ : मंसिर १ मा रिलिज हुन लागेको फिल्म ’झ्यानाकुटी’ को पोष्टरमा प्रयोग भएको फोटो स्टाइलले यतिबेला सर्वत्र चर्चा पाइरहेको छ । पोष्टरमा फिल्मका अभिनेता सौगात मल्ललाई अभिनेत्री बेनिषा हमालले बोकेकी छिन् । बेनिषाले सौगातलाई बोकेको तस्वीर झट्ट हेर्दा केहि अनौठो लागे पनि यो नै यतिबेला फिल्म पब्लिसिटीको माध्यम बनेको छ ।
आफ्नो तस्वीरको स्टाइल हिट भएपछी निर्माण टीमले केहि समय अगाडी देखि नै उक्त स्टाइललाई कपि गर्दै आफ्नो प्रेमी वा श्रीमानलाई प्रेमिका वा श्रीमानले बोकेको तस्वीर फेसबुकमा अपलोड गरेको मध्यमा सबै भन्दा बढी लाइक पाउनेलाई ५१ हजार नगद दिने पनि घोषणा गरिसकेको छ । प्रिती चाउचाउसंगको सहकार्य फिल्म ’झ्यानाकुटी’ युनिटले ल्याएको यस फोटो कन्टेस्टमा सहभागी हुन् तस्वीर क्लिक गरेपछि फेसबुकमा अपलोड गर्दा ‘#Jhyanakuti #Nov17’ लेख्नु पर्ने हुन्छ र झ्यानाकुटीको फेसबुक पेजलाई ट्याग पनि गर्नु पर्ने हुन्छ । यो फोटो कन्टेस्टले चर्चा पाइरहदा यतिबेला निर्माण टीमलाई साथ दिदै सेलिब्रेटीले आफ्नो नजिकको कलाकारलाई झ्यानाकुटी पोजमा बोकेका छन् ।
अभिनेत्री प्रियंका कार्कीले दीपकराज गिरीलाई उक्त पोजमा बोकेकी छिन भने अमेरिकामा रहेकी अभिनेत्री नीता ढुंगानाले निर्देशक श्याम भट्टराईलाई बोकेकी छिन । उनीहरुले फिल्म युनिटलाई सहयोग गर्दै ’झ्यानाकुटी पोज’ मा खिचिएको तस्वीरलाई फेसबुक मार्फत सार्वजनिक गरेका छन् । निशा यसरी सहकर्मी सेलिब्रेटीबाट सहयोग पाउदा निकै दंग छिन ।

यस पोजमा बोक्ने र बोकिने दुवै व्यक्तिको मुहारमा मुस्कान हुन्छ’ निशा थप्छिन ’सेलिब्रेटीको साथ पाउदा निकै हर्षित छु र फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गराउनेमा म ढुक्क हुन् आग्रह गर्दछु ।’
फिल्मलाई निशाले सिमोश सुनुवारसंगको सहकार्यमा निर्माण गरेकी हुन् । फिल्मको निर्देशक सिमोश सुनुवार हुन् भने कथा प्रदीप भारद्वाजको रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video