सबिन र आठ बर्षिया दीक्षाको ‘भाईरल भैदियो’ (भिडियो)  

काठमाडौं : गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ। गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा भनिरहेका छन्।

स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ‘बिस्ट’ले तयार पारेका छन्। भिडियोमा सबिनको लोभलाग्दो नृत्यसँगै उनले यस भिडियोमा पनि कथा प्रस्तुत गरेका छन्। भिडियोमा आठ बर्षिया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ।

गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको फिल्म ‘रेशम फिलिली’मा समावेश गीत ‘पिरतीको छाता ओढाउँला’ निकै चर्चित बनेको थियो। त्यस्तै, फिल्म ‘डायरी’को चर्चित ‘माया माया’मा मानसको शब्द तथा संगीत छ।

भिडियो : 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video