‘फाटेको जुत्ता’ निर्मातालाई प्रियंकाको कडा जवाफ

काठमाडौं : ‘फाटेको जुत्ता’ निर्माता अर्जुन कुमार र नायिका प्रियंका कार्की बिच मनमुटाव देखिएको छ। बिहिबार राजधानीमा आयोजित ‘फाटेको जुत्ता’को सफलता सेलिब्रेसन कार्यक्रममा नायिका प्रियंका कार्की उपस्थित थिइनन्। निर्माता अर्जुनले त्यही कार्यक्रममा फाटेको जुत्ता २ निर्माण घोषणा गरे। फाटेको जुत्ता टिम नै रहने गरी घोषणा गरिएको फाटेको जुत्ता २ मा प्रियंका भने नरहने निर्माता अर्जुनले बताएका थिए।

प्रियंकाले प्रचार प्रसारमा साथ नदिएकाले उनि प्रति रुष्ट थिए, अर्जुन। अर्जुनले भनेका थिए ‘प्रियंकालाई यसको प्रोमोशनमा हिड्दा फाइदा नहुने भएकाले होला उनि हिडिनन्।’

हो, यही कुराको उत्तर दिएकी छिन् नायिका प्रियंका कार्कीले। शुक्रबार राजधानीमा आयोजित फिल्म ‘बटरफ्लाई’को गीत रिलिज कार्यक्रममा उनले यस कुराको उत्तर दिएकी छिन्। ‘ म रहरले ‘फाटेको जुत्ता’को प्रचारमा नहिँडेको होइन।’ उनले भनिन् ”शत्रु गते’को छायांकनका लागी विरगञ्जमा भएकाले फिल्मको प्रचारमा नहिडेको हुँ।’ उनले अर्जुन कुमारले लगाएको आरोप आफुलाई मन नपरेको पनि बताइन्।

प्रियंकाले फाटेको जुत्ता २ लाई समेत शुभकामना दिन भ्याइन्। ‘फाटेको जुत्ताको सिक्वेल बन्ने भएछ, खुसी लाग्यो। राम्रो कामको लागि शुभकामना दिन चाहान्छु।’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video