फिल्म ‘बटरफ्लाई’को गीत सार्वजनिक, भिडियोमा खुलेका प्रियंका र आर्यन

काठमाडौं : फिल्म ‘बटरफ्लाई’मा समावेश ‘म गाउँदिन अब गीत गजल’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको गीत सार्वजनिक गरिएको हो।

कालिन्चोकको सुन्दर लोकेशनमा खिचिएको भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ। फिल्मका मुख्य कलाकार प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङ भिडियोमा उनिहरुले एक अर्काको बर्णन गरिरहेका छन्। सुरेश बज्रचार्यले खिचेको भिडियो निकै सुन्दर लाग्छ।

सार्वजनिक रोमान्टिक गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्।

पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई  प्रतीक गुरुङको निर्देशन गरेका छन्। रमेश प्रजापति बार्यकारी निर्माता रहेको फिल्ममा पुष्पान्जलि अधिकारी (सखा), रामशरण राना र भूपेन्द्र सुवेदीको लगानी रहेको छ।

हेर्नुहोस् भिडियो : 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video