धुर्मुस र सुन्तली १० औं एनिभर्सरीमा रोमान्टिक गीत, राजा रानीको भेषमा प्रस्तुत (भिडियो सहित)

काठमाडौं । हाँस्य कलाकारद्धय तथा धुर्मुस सुन्तली फाउण्डेशनका अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमीरेको १० एनिभर्सरी को उपलक्ष्यमा म जुन दिन देखी बोलको गीत सार्वजनिक गरिएको छ । उनि र म एल्बममा समेटिएको यस गीतमा धुर्मुस र सुन्तलीको अभिनय रहेको छ ।

एल्बमलाई सुबिहानी फिल्मस्ले निर्माण गरेका छन् । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलियाको शब्द, चर्चित संगीतकार अर्जुन पोखरेलको कम्पोजिसन र एरेन्ज गीतमा रहेको छ भने चर्चित गायक गायिका राजेश पायल राई र अन्जु पन्तको आवाजमा ‘म जुन दिन देखी९उनि र म०’ सार्वजनिक भएको हो । बिहीवार ‘धुर्मुस सुन्तली युट्युव च्यानल’ बाट गीत सार्बजनिक भएको हो ।

गीतको भिडियोमा हरिष निरौला ९कक्रोज० को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन रहेको छ । उनि र म प्रकाश कोईरालाको परिकल्पना हो । गीतमा धुर्मुस र सुन्तलीको प्रगाद माया देखाईएको छ । उनीहरुको एनिभर्सरीमा एकले अर्कोको साथ पाएपछि जीवन सफल हुदै गईरहेको र ए अर्को आफ्नो लागि राजा रानी भएको गीतमा प्रस्तुत गरिएको छ । भुकम्प पछिको पुनःनिर्माणमा जुटेका यी जोडी निकै समयदेखी सानो र ठूलो पर्दामा देखिएका छैनन् । धेरै समयको अन्तरालमा सार्वजनिक भएको धुर्मुस र सुन्तलीको यस भिडियोलाई धेरैले मन पराउने निश्चित छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video