त्रिकोणात्मक प्रेम कथाको सार चलचित्र ‘दिपज्योती’को ट्रेलर सार्बजनिक (भिडियो)

काठमाडौँ।
पारिवारिक परिबेसमा तयार भएको चलचित्र ‘दीपज्योती’को ट्रेलर सार्वाजनिक गरिएको छ । करिब २ मिनेट २ सेकेन्ड लामो ट्रेलरमा अभिनेता पुस्कर रेग्मी , अभिनेत्री रजनी के.सी. र खुश्बु खड्काको त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजिएको छ। चलचित्र यहि मङ्सिर २२ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ।

लयन कृष्ण खनालको प्रस्तुती रहेको यो चलचित्रलाई नारायण मैनालीले निर्देशन गरेका हुन् भने चलचित्रमा निर शाह, सरोज खनाल, नायिका रजनि के सी , पुस्कर रेग्मी , खुश्बु खड्का तथा शेखर केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ। काठमाण्डौ र आसपासका जिल्लाहरुमा छायांकन गरिएको ‘दिपज्योती’को कथा हरीश पन्तले लेखेका हुन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video