मधेसको समस्या दाईजो प्रथाको कथा राज्जा रानीको ट्रेलर (भिडियो)

काठमाण्डौ ।

फिल्म ‘राज्जा रानी’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज साबजनिक गरिएको हो । ट्रेलरमा मुख्य कलाकार को भुमिकामा केकी अधिकारी, नाजिर हुसेन र कामेश्वर चौरासिया फिचरिङ भएका छन् ।

एमके पौडेलको निमार्ण गरेका यस फिल्मको ट्रेलरमा कमेडी पाटो मुख्य प्रधानताका साथ प्रश्तुत गरिएको छ । आर्यन फिल्मसको ब्यानरमा निर्माण भएको ‘राज्जा रानी’मा मधेसको जड सम्स्या दाईजो प्रथाको कथालाई फिल्मीकरण गरिएको छ भने फिल्मलाई यम थापाले निर्देशन गरेका छन् ।

पौष २१ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको यसअघि नै टिजर र गीत सार्वजनिक गरिएको थियो । सम्पुर्ण छायांकन नेपालगंजमा गरिएको फिल्मको कथा पनि निर्देशन थापाको नै हो । फिल्ममा तारा प्रकाश लिम्बु र दिपक शर्माका संगित ,कबिराज गहतराजको नृत्य निर्देशन तथा पुरुषोत्तम प्रधानले फिल्मलाई छायांकन गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video