आर्यन र प्रियंका स्टारर फिल्म ‘बटरफ्लाई’ ट्रेलर सार्बजनिक (भिडियो)

काठमाण्डौ ।
नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की स्टारर फिल्म ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन लाई प्राथमिकतामा राखिएको छ । ट्रेलरमा नायक आर्यन अधिकारीलाई दुई फरक फरक रुपमा देख्न सकिन्छ ।


’के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका सिक्स प्याक नायक आर्यनको ‘बटरफ्लाई’ दोस्रो फिल्म हो । हाल उनी आफ्नो नयाँ फिल्म ’बाँध मायाले’ नामक फिल्ममा नायिका सृष्टि श्रेष्ठसँग अभिनयमा ब्यस्त छन् । पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘बटरफ्लाई’लाई सुरेश बज्रचार्यले खिचेका हुन् भने संगितकार तथा गायक अर्जुन पोख्रेलको म गाउदिन अब गित बोलको गितले बटफ्लाईको यतिबेला हाईप बढाईरहेको छ ।

फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् भने पुष्पान्जली अधिकारी , रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको छन् । फिल्मका कार्यकारी निर्माता भने रमेश प्रजापति हुन् । फिल्ममा प्रियंका र आर्यनका साथमा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video