प्रबिधिको प्रयोग गर्दै चलचत्रि ‘लभ डायरिज’को भिडीयो मार्फत निर्माण घोषणा

काठमाण्डौ ।


नेपाली चलचित्र ‘लभ डायरिज’ निमार्ण घोषण भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने चलचित्र ‘लभ डायरिज’का लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय रहने निर्माण टिमले जानकारी गराएको छ। पहिलो पटक युटुब मार्फत भिडियोको माध्यमद्धारा चलचित्र निर्माण घोषणा गर्दै ‘लभ डायरिज’ले आफ्नो निर्माणा टिम सहित कलाकारहरु कन्र्फम गरेको हो।


चलचित्रले प्रबिधिको सक्दो प्रयोग गर्दै यस भन्दा अगाडी प्रेष मिट मार्फत फिल्म निर्माण घोषणा गर्ने प्रवितीलाई छोडेर नेपालमा पहिलो पटक भिडियो मार्फत निमार्ण घोषणा गरिएको । लागि अभिनेता सुशील नयाँ अवतारमा देखिने भएका छन् । निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको छ ।

साहिल खानद्धारा सम्पादन हुने यस सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, सिनेमामा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमामा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनाव सकिए लगतै छायाँकनमा जाने सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video