अवार्ड कार्यक्रममा नम्रताको ध्यान पहिरनमा की अवार्डमा

काठमाडौ

संसारका प्राय अभिनेत्रीहरुको लागी कतीपय सभा समारोहमा पुग्दा आफ्नो पहिरनको बिशेष महत्व हुने गर्दछ। पहिरनकै कारण उनिहरु चर्चा पनि आउने गर्दछन् । अझ त्यस माथि अवार्ड लगायतका कार्यक्रममा नायिकाहरुले पहिरनमा निकै ध्यान दिन्छन् तर पहिरन कै कारण नायिकाहरुले कतिपय समयमा समस्या झेली रहेको पार्ईन्छ।

बिषय हो भर्खरै युएईको आबुधाबीमा सम्पन्न दोस्रो म्युजिक भिडियो अवार्ड, जुन कार्यक्रममा नायिका नम्रता श्रेष्ठ आफ्नो रातो गाउनमा निकै हट अवतारमा प्रस्तुत भएकी थिइन् । उनले उक्त अवार्डमा म्युजिक भिडियो मार्फत उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी थिइन्। तर उनको ध्यान अवार्डमा थयो या आफ्नो पहिरनमा त्यो भने निकै चासोको बिषय होे ।

रातो गाउनमा सजिएकी नम्रतालाई आफ्नो पहिरन सम्हाल्न हम्मे हम्मे परेको थियो । अवार्डको खुशी एक तर्फ थियो भने गाउन सम्हाल्न नसक्नुको पिडा अर्को तर्फ स्पष्ट झल्किन्थ्यो । कार्यक्रममा रहेकी नम्रताको पहिरन सम्माल्न कती सम्म गाह्रो भएको थियो भन्ने प्रस्तुत तस्बिरमा पनि देख्न सकिन्छ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video