रिलिज मिति हेरफेर गर्दै चलचित्र लिलीबिली

काठमाण्डौ ।

वैशाख १४ लाई रिलिज मिति तय गरेको चलचित्र लिलीबिलीको प्रर्दसन मिति दुई हप्ता अगाडि आएको छ । स्टकल्यान्डमा धमाधम सुटिङ भइरहेको फिल्मले रिलिज मिति प्रिपोन्ड गरेको हो । बैशाख १४ गते लाई रिलिज मिति तय गरेको फिल्म अब चैत ३० मा रिलिज हुने तरखरमा पुगेको छ। चैत ३० मा फेरी किन भन्ने सन्र्दभमा भने निर्माता गोविन्द शाहीले पहिलेदेखि नै फिल्मको रिलिज मिति चैत नै रहेको बताए ।


‘मौसम र प्राविधिक कारणले फिल्म नसकिएला कि भन्ने थियो त्यही भएर वैशाख १४ लाई रिलिज मिति अप्सनमा राखेका थियौं ,तर फिल्मको ६० प्रतिशत सुटिङ सकिएकाले यही वर्ष आउने निधो गरेका हौं,’ शाहीले भने । प्रदिप खड्का, जसिता गुरुङ प्रियंका कार्की लगायतको अभिनय रहेको चलचत्रि लिलिबिलीलाई चैत ३० मै पनि रिलिज सहजता भने छैन किनकी तही मितिमा तामिल फिल्म २.० रिलिज हुने सम्भावना धेरै रहेको छ । माघमा रिलिज हुन लागेको रजनीकान्त ,अक्षय कुमार अभिनित जनवरीबाट सरेर अप्रिलमा पुगेको छ। यदि २.० निर्धारित मितिमै रिलिज हुने हो भने लिलीबिलीलाई अप्ठ्यारो पक्कै पर्दछ । यस अर्थमा पनि पर्दछकी २.० फिल्म दर्शकहरुको निकै प्रतिक्षीत फिल्म हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video