छायांकन स्थलबाटै चलचित्र कागज पत्रको फस्टलुक सार्बजनिक

काठमाण्डौ ।


धमाधम छायांकनको क्रममा रहेको चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ । नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको चलचित्र अहिले धमाधम छायांकनमा रहेको निमार्ण टिमले जानकारी गराएको हो । चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो । चलचित्रको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ ।

सामजिक प्रेमकथामा बनिरहेको चलचित्र कागज पत्रलाई अपिल विष्टले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् भने चलचित्रलाई अस्ट्रेलियन सिनेमेट्रोग्राफर क्यश्मिर डिक्सनले खिच्दैछन् ।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहने ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरिरहेका छन् । चलचित्र कागज पत्रको कार्यकारी निर्माताको रुपमा भने विशारद बस्नेत रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video