इन्टरनेसनल बेटल अफ डिजेको फस्ट प्राईज ‘डर्ट बाईक’ गोवाका साज अक्तर लाई (फोटो, भिडियो सहित)

काठमाण्डौ ।


नेपालमै पहिलो पटक आयोजना गरिएको डिजे ब्याटलको फस्ट प्राईज इन्डीया गोवाका डिजे साज अक्तरले हात पारेका छन्। क्रिएटो एटुजेडले शनिबार राती क्लब डेजाभूमा आयोजना गरेका उक्त डिजे ब्याटलको पहिलो पुरस्कार डर्ट बाईक अक्तरले हात पारेका हुन्।


डिजे ब्याटल केटिएम भर्सेस गोवा नाम दिएको उक्त प्रतिस्पर्धामा नेपालबाट ५ र गोवा बाट पाँच प्रतिस्पधी सहभागी थिए। जसमा दोस्रो पुरस्कार भने नेपालका डिजे सुरजले प्राप्त गरेका छन् उनले नगद ७५ हजार सहित डिजे इक्विपमेन्ट हात पारेका हुन् ।


नेपालमा व्यबसायिक डिजेइङ फस्टाउदै गईरहेको समयमा युवा पुस्तामा लोक प्रिय डिजेको पहिलो पटक नेपालमा डिजेहरुको प्रतिस्पर्धाको आयोजना गरेको यस प्रतियोगितामा गायक लाउरे, डिजे सस्पोइजन, डिजे राजुु र डिजे रविशले यसको निर्णयक भुमीका निबार्ह गरेका थिए।

त्यसैगरि कार्यक्रमका आर्कसकका रुपमा भने बलिवड अभिनेता नील नीतिन मुकेश रहेका थिए। उक्त कार्यक्रममा डिजेको मज्जा लिन थुप्रै युवायुवतीको बाक्लो उपस्थिती रहेको थियो भने, कल्बमा डिजे सँगै रमाउनेको संख्या पनि उतिकै देखीन्थ्यो। कल्बमा युवा युवतिको माहोल र उनिहरुको डान्स तलको भिडीयो मा जस्ताको त्यस्तै ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video