राजबल्लभको अभिनय यात्रा र बिबाह बन्धन फोटो फिचर (भिडियो सहित)

काठमाण्डौ ।

अमेरिकामा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको शुभ बिबाह सम्पन्न भएको छ ।


आईतवार नायक कोईरालाको लामो समय देखि प्रेममा रहेकी आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको हो । १९८२ अगस्ट ३१ मा जन्मीएका राज बल्भव कोईराला एक रेडीयो आर्जे हुर्दै नेपाली रजतपटमा पाईला टेकेका नायक हुन् । करण दासको मिउजीक भिडीयो भेटीएर छुट्नु भन्दा बाट अभिनयमा हुम्मीएका राज बल्लभले धेरै नेपाली चलचित्रमा अभिनय गरेका छन् । अभिनयमा निकै रुचाईएका कालाकार राजबल्भ भने पछिल्लो समय अमेरिकामानै बस्दै आईरहेका छन् ।


लामो समयबाट प्रेममा रहीकी आफ्नाी प्रमिका सँगै लगनगाँठो बाधेका राज बल्लभकी बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् । अमेरीकामै बैबाहिक सम्बन्धमा बाधिएका राज बल्लबले केही समय अघि आफनो फेसबुकमा रहेको रिलेसन भन्ने बटनलाई परिवर्तन गर्दै रिलेसनमा चाडैने जाने भन्दै सबै सामु बिबाहको संकेत गरेका थिए।


कोईराको बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका आफन्त ,नातेदार शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको बाक्लो उपस्थिती रहेको थियो । उनको बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले सम्पन्न गराएका हन्। कोईराला एक सेलिबे्रटी भएर हुन सक्छ उनको बिहेका तस्बिरहरु अहिले प्राय भाईरल बनिरहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video