सौगात मल्ल बिपिनको अर्को रुप चलचित्र ‘लालपुर्जा’को पहिलो गीतमा

काठमाण्डौ ।
चलचित्र ‘लालपुर्जा’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘मितेरी’ बोलको गीत आज सार्बजनिक भएको हो। सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकारहरुको अभिनय रहेको यो गित निकै रोमान्टी देख्न सकिन्छ।


जसोन कुँवरको शब्द तथा संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र संगीतकार स्वयंमकै स्वर रहेकोछ ।
‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’मा हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु पनि अभिनय छ । मिस्टिक ड्रामा भनिएको ‘लालपुर्जा’ मा दुई दाजुभाइको लालपुर्जाकै कारण उत्पन्न द्वन्द्वलाई चलचित्रकरण गरी देखाउन खोजिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video