शशि कपुरको आज अन्तिम संस्कार हुदै

बलिउड लेजेन्ड शशि कपूरको आज मंगलवार दाहसंस्कार हुने भएको छ । गत सोमवार निधन भएका उनान्असी वर्षका शशिको आज अन्तिम दाह संसाकार हुने भएको हो । लामो समयदेखि बिरामी रहेका शशिको कोकिलाबेन अस्पतालमा निधन भएको थियो । शनिवार उनलाई छातीमा निकै पीडा भए पश्चात उनको सोमाबार निधन भएको थियो । उनको निधन पश्चात बलिउडका कलाकारहरू उनको घरमा श्रद्धाञ्जलि दिन पुगेका थिए ।

 

अस्पतालका अनुसार उनले सोमवार साँझ ५ बजेर ३५ मिनेटमा संसार त्यागेका थिए। पृथ्वीराजका तीन छोरा राज कपूर, शम्मी कपूर र शशि कपूर मध्ये शशि कान्छा छोरा थिए। १९८४मा पत्नीको निधन पछी शशि एक्लो भएका थिए । उनका अहिले तीन सन्तान छन् ः कुणाल कपूर, करन कपूर र सञ्जना कपूर । शशिकोले आफ्नो अभिनय यात्रा पृथ्वी थिएटरको नाटक शकुन्ताबाट सुरु गरेका थिए ।उनि अभिनित पहिलो फिल्म आग हो जसलाई राज कपूरले बनाएका थिए ।
शशीको सम्झना योग्य ‘मेरे पास माँ है’ डाइलग खुबै चर्चित भएको थियो जुन उनले दिवार फिल्ममा बोलेका थिए। एजेन्सी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video