केकीको ‘कोहलपुर एक्प्रेस’को टक्कर अब रजनिकान्तको ‘२.०’ सँग

काठमाण्डौ ।

नायिका केकी अधिकारीको कोहलपुर एक्प्रेसको प्रर्दशन मिति बैशाख १४ मा पक्का भएको अबस्थामा राजनिकान्त वलिउड चलचित्र २.०को रिलिज मिति हेरफेर भएको छ। जस्ले गर्दा बैशाख १४ मानै उक्त चलचित्र नेपालमानै लाग्ने भएको हो। पहिलो पटक फिल्म निर्माण गरेकी केकीलाई पहिलो गाँसमानै ढुंगाको महसुस भएको छ।


यस भन्दा अघि नायक प्रदीप खड्का स्टारर फिल्म ’लिलिबिली’ बैशाख १४ गते प्रदर्शनमा आउने भएपछि नायिका केकी अधिकारी ठूलो तनावमा थिइन्। तर उक्त फिल्म चैत ३० मा लाग्ने पक्का भएको खबरको तरङ चलचित्र वृत्तमा पुग्न पाँउदा नपाउदै केकीलाई अर्को झड्का लागेको हो केकीले अब बैशाख १४ मा बलिउडका सुपरस्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्तको फिल्मसँग भिडन्त गर्नुपर्ने देखिएको छ।

अहिलेका प्राय चलचित्रहरु नाम भन्दा पनि त्यसमा समेटीएको बिषयबस्तु प्रश्तुती, स्टार्डम र ब्राण्डले गर्दा चल्ने गरेका छन्। त्यसैले रजनीकान्तको ब्राण्डले केकीको कोहलपुर एक्प्रेसलाई कति सम्म प्रेसर दिन्छ भन्ने कुरात प्राय छर्लङगनै देखिएको छ। किनकी ’बाहुबली २’ पछि सबैभन्दा बढी चर्चा र प्रतिक्षामा रहेको ’२.०’ ले हालैमा २७ अप्रिल २०१८ ताक्दै प्रदर्शन मिति घोषणा गरेको छ । यही मितिमा नेपाली हलमा केकीको ’कोहलपुर एक्सप्रेस’ पनि प्रदर्शनमा आउनेछ । अक्षर र रजनीकान्त लिड नायक भएका कारण ’२.०’ ले नेपालका अधिकांश मल्टिप्लेक्स हल कब्जा गर्ने पक्का देखीन्छ ।


नायिका केकीले पनि विशेषत मल्टिप्लेक्सका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण गरेकी हुन् । अब केकीले आफ्नो चलचित्रलाई सेफ ल्याण्ड गर्नका लागी बैशाख १४ छाड्नुको अरु विकल्प नभएको सिनेवृतमा बहस चल्न थालेको छ । हेरौं, केकीको ’कोहलपुर एक्सप्रेस’ यो मितिमा हुईकिन्छ वा ब्रेक लाग्छ ?
केकीको कोहलपुर एक्प्रेसमा केकी सँगै यो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झाको अभिनय छ । फिल्मका निर्देशक विशाल भण्डारी हुन् । ’कोहलपुर एक्सप्रेस’ले तीन यूवतीको कथा भन्नेछ ।

र यो पनि हेर्नुहोस्

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video