सौगात र सृष्टीको प्रेम प्रसंग हल्लाकी यथार्थ, पुरा पढ्नुहोस्

काठमाण्डौ ।

अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको लभ अफेयरको कुरा खासै नयाँ त होईन नै । समयको अन्तरालमा सिनेमा डेट अनि कहिले सुटिङ सेटमा भेट्न पुग्ने यो जोडिको झाङ्गिँदो प्रेम कहानी कस्लेपो भ्रम भन्न सक्का र । हुनत सिने संसारका प्राय जोडीहरु भेटीनु र छुटीनुको कुनै तुक हुदैन तर यो जोडीले मिडियामा प्रेम प्रसङ्गमा पनि राम्रै स्थान पाउन थालेका छन् । पछिल्लो समय सौगात र सृष्टिको बिहे सम्बन्धि गसिपहरु पनि मिडियामा नआएका होईनन् ।


प्रेममा पर्दैमा संगै डेटीङ जाँदैमा बिहेनै हुन्छ भन्ने पनि हुँदैन । यसै प्रसंगमा केही मिडीयामाझ सौगातलाई लगनका लागी उपयुक्त मंसिरको चुलिदो जाँडोमा बिहेको प्रसंगमा प्रश्न गर्दा सौगातले जावाफ फार्काएकी समय आएपछी सबैकुरा आँफै हुने र तत्काल त्यसबारेमा केही सोच नभएको बताए।


नेपाली समुदायमा प्राय हेर्नेहो भने लभ चक्कर एकतिर हुन्छ भने बैबाहिक सम्बन्ध अर्कातीर त्यसकै नतिजा हुन सक्छ सिनेकर्मीहरुको पनि लभ अफएयर एकातिर अनि लाईफ फेयर चाही अर्कोतिर । यस्ता प्रशंगबाट नायक सौगात पनि पक्कै टाढा नहोलान् । ् घरमा बुबा आमाले धेरै पहिलेदेखि बुहारी खोजेको र औपचारिक तथा अनौपचारिक गफगाफमा आफुहरुको प्रेमलाई थप मजबुद बनाउने भन्दै उपयुक्त समय आउँदा लगनगाँठो कस्नै पक्षमा देखीन्छन् सौगात । पेशानै बिभिन्न ठाँउमा विभिन्न समयमा पुग्नु पर्ने भएकाले सृष्टी अहिले सुटीङका लागि नवल परासी छन् । सृष्टि आफुबाट केहि टाढा हुँदा अभाव महसुस हुने भएपनि ‘कम्युनिकेसन’को आदान प्रधान भइरहने भन्दै केहि दिनमा नै उनलाई भेट्न नवलपरासी पुग्ने सौगातले बताए ।

विगत एक बर्षदेखि सृष्टिसँगको प्रेममा रहेका सौगात घनश्याम लामिछाने निर्दे्शित फिल्म ‘पञ्जेबाजा’ टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा फिल्म भन्दा बाहिरका प्रसंगमा निस्किँदा केहि रोमान्टीक पनि देखिए ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video