लाग्यो नेपाली चलचित्र बजारमा चलचित्रकै खडेरी, ८ पुराना चलचित्रको पुनरागमन

काठमाडौँ।
पछिल्ल केही बर्ष यता नेपाली सिने बजारमा सिनेमाको आईरोनै चलीरहेका बेला यसपालको मंशिर महिना भने चलचित्रको खडेरी परिरहेको छ । चलचत्रि हलमा यति बेला न कुनै चलचित्र लागेका छैन् न त दर्शकको उपस्थिती नै । नेपालमा भईरहेको चुनाबको कारणले चलचित्र हलमा लाग्न डराइका हुन् या नेपाली सिने बजारले चलचित्र निर्माण गर्ने नै छाडिदियो ? चलचित्र रिलिजका लागि अरु बेला तछाड मछाड गर्ने सिने बजार अहिले साच्चै सुस्ताएको देखिन्छ ।


हलमा अहिले कुनै पनि चलचित्र नायाँ छैनन् छन् त मात्र पुराना चलचित्र । जो दर्शक नभए पनि फेस बुक स्टाटसमा रामाईरहेका छन् । हुनत चलचित्रको इतिहासमा दोस्रो पटक हलमा लाग्नु निकै फाइदा पुगेको छ । चलचित्रले पुन रिलीजको अबसर पाउदा के कतिको नाफा हुन्छ भन्ने कुरा चलचित्र पुनः रिलिज पश्चात नै थाहा होला तर दर्शकको अभाव भने हलहलमा प्रत्यक्ष अबालोकन गर्न सकिने कुराहो ।

अहिले हलहरुमा पुनः रिलिज भएका चलचित्रहरुमा ‘प्रेमगीत २’ , ‘ म यस्तो गीत गाउछु’, ‘फाटेको जुत्ता’, ‘किङ्ग’, ‘ए मेरो हजुर २’ , ‘जात्रा’, ‘दुई रुपैया’ ’मेला’ लगायतका चलचित्रहरु ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video