आर्यन र सृष्टीको लोभलाग्दो जोडीको भविष्य कस्तो?

 

काठमाण्डौ।

नायक आर्यन अधिकारी अभिनीत चलचित्र बटरफ्लाई प्रर्दशनको तयारीमा रहदा उनि आफ्नो अर्को नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । नवलपरासीमा छायांकन भइरहेको फिल्म ुबाँध मायालेुमा आर्यन अहिले ब्यस्त भएका हुन् । बाँध मायालेमा आर्यन सँग नायिका सृष्टि श्रेष्ठको जोडी बाँधिएको छ । आफ्नो तेस्रो चलचित्र स्क्रीनमा आर्यनको माँयामा बाधीएकी सृष्टी बास्तबिक जिवनमा भने बिगत लामो समय देखी सौगात सँग प्रेममा चुर्लुम्म डुबेकी छिन् ।


गाजलुुबाट डेब्यू गरेकी उनको दोस्रो फिल्म ुरोमियो एण्ड मुना यसै वर्षको फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । पहिलो पटक एकसाथ स्क्रिन सेयर गरिरहेका आर्यन र सृष्टिको यो फिल्म दर्शक समक्ष प्रतिक्षित बनेको छ । अर्जुन बनेका आर्यन र श्रद्धा बनेकी सृष्टिको यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरिरहेका छन् ।


सुटीङकै क्रममा रहेका आर्यनले सृष्टिसँगका दुई फोटो आफ्नो आधिकारीक फेसबुक पेजमा शेयर गरेका छन् । फोटोमा यो जोडीको केमेष्ट्री लोभलाग्दो देखिन्छ । तश्वीरमा फिट देखिएको यो जोडी पर्दामा चाहिं कति हिट र फिट हुने हो र यो जोडिको भविष्य कस्तो छ त्यो भने हेर्न बाँकी छ । यस बाँध मायालेुमा आर्यन र श्रृष्टीसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्काको अभिनय रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video