डिस्को र बारमा फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्दैमा मोडल बनिदैन-संचारकर्मी सुर्य चन्द

सुर्य चन्द, काठमाडौँ : स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । यहाँ कसैको निजि जिबन सम्बन्धि भन्दा पनि समग्र शहरी जिबनमा भैरहेका अनि घटिरहेका घट्ना प्रति लक्षित भएर केहि कुरा पाठक श्रोता प्रति एउटा संचारकर्मीको हैसियतले लेख्न गैरहेको छु l  प्रसङ्ग शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेली रहेका छन सयौले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर ।

काठमाडौँ लगायत नेपालको मुख्य शहरी क्षेत्रमा खुलेका दर्जनौ बार, गजल, दोधोरी तथा डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन ? बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरि छ यो बिषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ र बेला बेलामा अनुगमन गर्न पनि जरुरत छ। तर हाम्रो देशमा त चौध बर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेका छन । बार डिस्कोमा फोटो खिचेर सामाजिक संजाल फेसबुक लगायतको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन अहिलेको युवा पुस्ता जसरि पनि एक चोटी बार, डिस्को, गजल गएर त्यहाको फोटोग्राफर  बाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन र आफुलाई मोडल भनेर परिभाषित गर्दै हिडिरहेका छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलत संगत  र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउछ ।

हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्यो गएर बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किन नजाने म पनि जान्छु भन्ने प्रवृति छ । सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक संजाल(फेसबुक, ट्विटर)मा राख्ने ट्रेन्ड नै चलेको छ। बार गजल डिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार गजल डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन जसले गर्दा युवा युवतीहरु एक अर्कालाइ देखाउनको लागि मात्र भए पनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन । अहिले शहरमा कोहि देखासेखीको लागि त कोहि आफ्नो मनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्री जिबन बार डिस्कोमा जाने गर्छन र बार डिस्कोमा जाने होडबाजीनै चलेको छ  ।

सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नया होइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेका सम्म अहिले रत्रिजिबनको बार डिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दै फोटो खिच्न लालाइत देखिन्छन र आफु हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन । जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ ।

यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्न गलत संगतमा फस्दै गएका छन र आफ्नो सोख पुरा गर्न गलत कार्य गर्दै आएका छन । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ । यसका लागि अबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहा जादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस । धेरै भन्दा धेरै धनाड्य तथा मिडल क्लासका युवा युवतीहरु आफ्नो इच्छा पुरा गर्न यौन कार्यमा, मदिरामा र ड्रग्समा फस्दै आएका छन l आफ्नो परिवार बाबा आमाको सपना माथि घात गर्दै क्षणीक खुसि प्राप्त गर्न अहिलेका युवा युवतीहरु कुलत बाटो तर्फ हिडिरहेका छन तसर्थ परिवार तथा राज्यले समेत यो बिषयमा चाडो भन्दा चाडो सोच्नु जरुरत छ र डिस्को र बारमा गएर फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्दैमा मोडल पनि बनिदैनl

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video