शंखमुलको ओरालोमा कसलाई पर्खिदैछन त गायक भरत भाट (भिडियो हेर्नुहोस)

काठमाडौँ : सुदुरपश्चिमको कैलाली जिल्लामा जन्मेका नव गायक भरत भाटको आवाज रहेको लोक दोहोरी गीत शंखमुलको ओरालोले बजार तताईरहेको छ । नव गायक भाटको आफ्नै शब्द संकलन रहेको उक्त गीतमा नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका टिका पूनले साथ दिएकी छिन । ठेट नेपाली भाषामा रहेको उक्त गीत अहिले सबै दर्शक श्रोतको मुखमा झुण्डिएको छ । गायक भरत भाटको अहिले चौतर्फी हुन थालेको छ l

उनी सानै उमेरदेखि नै गीत संगित क्षेत्रमा रुचि र लगाव रहेका गायक भरत भाट गीत संगितमा मात्रै नभएर दर्जनौ भन्दा बढी कलाकार तथा नेताहरुको हुबहु आवाज निकाल्न सक्ने क्षमता भएका गायक हुन भने उनले गाएको उक्त गीत अहिले चर्चाको शिखरमा छ । शब्द तथा संगीत गायक भरत भाटनै रहेको यस गीतको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन l सागर गौतमको छायांकन रहेको यस म्युजिक भिडियोमा टिका जैसी, केशब भट्टराई र दिनेश बिष्टको अभिनय रहेको छ l भिडियो हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video