वलिउड चर्चित गायिका मोनाली काठमाण्डौमा

काठमाण्डौ ।
भारतीय चर्चित गायिका मोनाली ठाकुर नेपाल आईपुगेकी छन् । पछिल्लो समय बलिउडका कलाकारहरु नेपालमा आउने क्रम बढि रहेको बेला उनी कन्सर्टका लागि शुक्रबार नेपाल आईपुगेकी हुन् ।


भोली डिसेम्बर ९ सनिबार आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीत गाउने कार्यक्रम रहेको छ। पर्र्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा आयोजना हुदैछ। शुक्रबार नेपाल आईपुुगेकी मोनालीलाई आयोजकले त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थलमा भब्य श्वागत समेत गरको छ। यस अघि कल्ब डेजाभुमा नै डिजे व्याटल कम्पीटिसनका बिशेष अतिथीका रुपमा बलिउड अभिनेता निल नितिन मुकेस आएका थिए।


३ नोभेम्बर १९८५मा भारतको कोलकत्तामा जन्मेकी गायिका मोनाली भारतकी चर्चीत गायिका हुन् । मोह मोहको धागे बोलको गितमा बेष्ट फिमेल सिन्गरका रुपमा अवार्डेड मोनाली यसै गितबाट स्रोता तथा दर्शकमा लोकप्रिय छिन् ।
भिडियो

भारत तथा बलिउडमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि मोनालीको चर्चा त्यतीकै रहेको छ । यिनै मोनालीको सनिबार नेपालमा लाईभ प्रश्तुती हुदैछ । जस्लाई मोनालीका हजारौँ फलोवर्स तथा फ्यानहरुले पर्खीरहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video