ढल्कीदो उमेरमा टाईगर जिन्दाहेका लागि सलमानको शारीरिक सुगठनको चुलिदो चर्चा

मुम्बइ ।
पआगामी डिसेम्बर २२ मा रिलिज हुन लागेको बहुप्रतिक्षीत फिल्म ‘टाइगर जिन्दा हे’को ट्रेलरमा सलमानले गरेको एक्सनका छोटा दृश्य चलचित्र पारखीका लागि तारिफ योग्य छ। यसै सिनलाई लिएर अहिले सलमानलाई सबैले तारिफ गरिरहेका छन् । फिल्म रिलिज नजिकीदै जाँदा पनि उनको एक्सन कस्तो छ भन्ने उत्सुकता सबैमा बढ्दो छ । फिल्ममा सलमानको फिट र गठिलो शरीरको चर्चा अहिले नयाँ विषय बनेको छ ।

नियमित रुपमा जिम जान रुचाउने सलमानलाई शारीरिक व्यायामले नै उनको शरीर गठिलो बनाइदिएको छ । एक असम्भव मिसनलाई सम्भव बनाउन निस्किएको सुपर स्पाई टाइगरको भूमिकामा देखिन लागेका सलमानको शरीर र एक्सनको चर्चाले पनि फिल्मको प्रमोसनलाई फाइदा पु¥याएको छ । फिल्मको ट्रेलरमा धेरै समस्यालाई समाधान गर्दै सासै रोकिने खालको एक्सन दृश्यलाई सलमानले सहज रुपले गरेको देख्न सकिन्छ । मध्यपूर्वी रेगिस्तान होस् या आल्प्स पर्वतको शून्य डिग्री तापक्रम, सलमान दुवै ठाउँमा नडराई काम गरेका छन् ।

स्रोतका अनुसार सासै रोकिने खालको एक्सन दृश्य दिनका लागि सलमानले आफ्नो फिटनेसलाई उच्च तहमा मेन्टेन गरेका थिए । फिल्मका निर्देशक अली अब्बास जफरले सलमानको फिटनेसको बारेमा नयाँ खुलासा समेत गरेका छन् । ‘सलमानले यो भूमिकाका लागि आफैमा ठूलो मेहनत गरेका थिए । देशको सबैभन्दा ठूलो सुपरस्टारले आफूलाई टाइगर बनाउनका लागि गरेको फिटनेस साँच्चै नै अविश्वसनीय र प्रेरणादायक छ,’उनले भनेका छन् ‘सलमानलाई प्रशिक्षित गरिएको थियो । सुटिङ सुरु हुनु अघि नै सलमानले ३ महिना जिममा नै बिताएका थिए । अल्टिच्यूड प्रशिक्षणका लागि उनलाई पहिले नै लोकेसन बताइदिएर साहसी स्टन्ट दिनका लागि प्रेरित गरेका थियौं । सुटिङका समयमा पनि चाहे रेगिस्तान होस् या हिउँको पहाडमा होस् उनी नियमित प्रशिक्षणमा हुन्थे । उनी कठोर मौसममा पनि साइकल चढेरै सुटिङस्थलमा आउँथे ।’

निर्देशकका अनुसार उनलाई भोजनमा पनि उत्तिकै ध्यान दिइएको थियो । चलचित्रमा क्याट्रिना कैफ र सलमानको उत्कृष्ट अभिनय हेर्न अहिले दर्शकहरु २२ डिसम्बरको आगमनकोको प्रतिक्षामा रहेका छन् । (एजेन्सी) ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video