डिभोर्स पछी पहिलो पटक रिमाले मुख खोलिन् जिन्दगी सधैँ एकनास हुदैन

काठमाण्डौँ ।
२ बर्ष अघि मात्र बिबाह बन्धमा बाधिएकी रिमा आज एक्लीएकी छन् । समयको खेल हो या उनको लेखान्त, नायिका रीमा विश्वकर्माले श्रीमान रोबर्ट विश्वकर्मालाई डिभोर्स दिइन् र रोबर्टले मोरङकी वर्षा रसाइलीसँग जोडी बाध्ने निधोका साथ इन्गेजमेन्ट पनि गरिहाले । रोबर्टको यो खबर शनिवार सामाजिक सञ्जालमा रोर्बटका आफन्तले अपलोड गरेका तस्बीरबाट बाहिरीयो । एकपटक त हामी सबै हैरानमा परेउ। तर भेटीनु र छुटीनु भावीको खेल भन्छन् यही भयो होला भन्ने पनि लाग्यो । श्रीमान श्रीमतिको झगडा परालको आगो पनि भन्छन् त्यही भएर होला विवाहपछि यो जोडीको एकपटक पनि सम्बन्ध विग्रिएको खबर बाहिर आएको थिएन ।


यस्तो समाचारलै हैरान हामीले रिमा तथा रिमा निकट आफन्त सँग सम्पर्ग गर्दा सम्पर्ग गर्दा डिभोर्सभएको पक्का भयो तर यथार्थ भने थाहा भएन । अन्तता रीमाले फेसबुकमा एक स्टाटस लेख्दै घुमाउरो शैलीमा रोबर्टसँग आफ्नो सम्बन्ध टुंगिएको बताएकी खुलाएकी छिन् । उनले जिन्दगी सधै सोचे जस्तो नहुने भन्दै तत्काल यस विषयमा आफू कुनै पनि प्रश्नको उत्तर दिन असमर्थ रहेको उल्लेख गरेकी छिन् । समयले दिएको चोटलाई उनले अहिले सहजै मलम पट्टीगर्ने सामर्थ नराखेकी पनि हुन सक्छीन् ।


उनले फेसबुकमा लेखेकी छिन् ः
‘म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु। म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु, शुभेक्क्षुकहरु अनि मेरा आफन्तहरु जसले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । यहाँहरुले म प्रति देखाउनुभएको सद्भावप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो असहज परिस्थितिमा म यहाँहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु। यति बेला मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुँदैन र समय सधै एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै वितेर जानेछ। मेरो कोहिं प्रति पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रति कृतज्ञता व्यक्त गर्छौं ।’

यस सँगै यो भिडीयो पनि हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video