चलचित्र माई लभ हेर्ने दर्शकलाई जापान घुम्ने अबसर

काठमाण्डौ ।

२०७२ सालको बिनाशकारी भुकम्पको र त्यसपछीको सहयोगको कथामा बनेको फिल्म माइ लभ आगामी मंसीर २९ गते देखी देश भर प्रदर्शनमा आउदैछ । फिल्म हेर्ने दशकका लागि भने निमार्ण युनिटले एक अफरको घोषणा गरेको छ। चलचित्र माई लभ हेरिसकेका दर्शकहरुमध्ये गोलाप्रथाद्वारा भाग्यशाली एक जनालाई जापान जाने अबसर प्राप्त हुनेछ । त्यसको लागि फिल्म हेरेका दर्शकले टिकट नं र हलको नाम माई लभको फेसबुक पेजमा ट्याग वा ईन्बक्स गर्नुपर्नेछ । त्यसपछि निर्माण टिमले गोलाप्रथा गरी एक जना भग्यशाली दर्शक छनौट गर्नेछ।

छनौट भएको उक्त दर्शकलाई आगामी अप्रिल २५ तारिकमा जापानमा हुन लागेको माई लभको प्रिमियरमा सहभागी गराईनेछ । फिल्मको प्रचार प्रसारको लागी पोखरा पुगेका फिल्मका सदस्यहरुले बिनाशकारी भुकम्पको प्रभावका बिभिन्न आयामको चर्चा गर्दै फिल्म शक्तिशाली बनेको दावी गरे । माइ लभ एउटा सामान्य फिल्म मात्र नभएर यो आगामी पुस्ताका लागी एउटा महत्वपुर्ण दस्तावेज समेत भएको फिल्मका सदस्यहरुको बुझाई छ । पात्रको प्रेममा भुकम्पले पारेको प्रभावसंग गरेको संघर्ष फिल्मको मुल द्धन्द्ध हो । पत्रकार सम्मेलनमा बताइए अनुसार भुकम्पपछि अन्तराष्ट्रिय समुदाय, खास गरी जापानले देखाएको सहानुभुति र सहयोगको कथा समेत फिल्मले पेश गर्दछ ।


पत्रकार सम्मेलनमा बोल्दै फिल्मका अभिनेता तथा निर्माता गणेश लामा फिल्मप्रति आशावादी देखिए । सामान्यतः घरेलु आम फिल्मभन्दा भिन्न बिषय भएकाले पनि दर्शकका लागी फिल्म रोचक हुने अभिनेता लामाले आशा ब्यक्त गरे ।

फिल्मकी अभिनेत्री शितल श्रेष्ठले महत्वपुर्ण र जटिल बिषय उठाएको फिल्मबाट डेब्यु गर्न पाउने सौभाग्य भएको बताइन । फिल्मलाई जापानी फिल्म मेकर तोसिआकी इतोहले निर्देशन गरेका हुन् । गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगाएतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । स्मरण रहोस, निर्देशक इतोह यस अगाडीको फिल्म सिरीसको फुल बाट प्रसिद्ध छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video