मोनालिको लाईभ कन्सर्टमा जे देखियो फोटो फिचर सहित

काठमाण्डौ ।
पछिल्लो समय वलिउडका कलाकारहरु नेपाल आउने क्रम बढ्दो छ। केही समय अघि मात्र अभिनेता निलनितीन मुकेस आएका थिए भने गत शनिबारका लागि मोनाली ठाकुर लाईभ इन नेपाल नामक कार्यक्रममा भारतकी चर्चित गायिका मोनाली ठाकुर आएकी थिईन्। मोनालिले शनिबार राती दरबारमार्ग स्थीत कल्ब डेजाभुमा आफ्नो भब्य प्रश्तुति दिएकी छन् । उनको लाईभ प्रश्तुति हेर्नका लागि उनका फ्यान र फलोवर्सहरु निकै सहभागी थिए ।


बद्लिदो समाज अनि बद्लिदो मनोरञ्जनको क्षेत्र जहाँ नेपाली युवा युवति मज्जालेनै जमेका पायन्छ । लोक संस्कृति र नेपाली पनको बेवास्था त हामी नेपाली गरिरहेकै छौ । भईरहेकै छ भने यस्ताा कल्ब, डान्सबार र कन्सर्टहरुमा हामी जस्ता युवा युवती मज्जाले रमेका हुन्छाँै । अनि हातमा ह्वाईन र साथमा केटा वा केटी साथिसँग खुलेर जमेका हुन्छन् आज्कालका युवा युवति।


अहिलेको परिस्थीतिलाई नियाल्ने हो भने हामी लोकभाका, हक्पारे देउडालागायतका संस्कृतिलाई हामी मौखिक सपोर्ट गर्ने गर्दछौँ अनि यस्ता पार्टी डिस्को र हलिवड वलिउड कन्सर्टमा खुब झुम्ने गर्दछौँ । सर्बसाधारण देखी सेलिब्रेटीहरु प्राय सबै यस्ता क्लबमा झुम्ने गर्दछन्। यसै क्रमम क्लब देजा भुमा वलिउड गायीका मोनालिको लाईभ कन्सर्टमा नायिका साम्रागी देखी नायक आर्यन सिग्देल, सलोन बस्नेत , आमेस भण्डारी तथा बिभिन्न गित सँगति कर्मीहरुको बाक्लो उपस्थीति रहेको थियो। मोनालीले जब आफ्नो प्रस्तुतिका साथ कल्ब हल्लाउन सुरुगरिन अनि नायक नायिकाको पनि मज्जालेनै कम्मर हल्लाउन भ्याए ।


सबै मोनालीको आवाजमा हराई रहदा नायिका साम्रागिपनि खुलेर कल्बमा कम्मर मर्काई रहीन् । यस्ले के देखिन्छ भने प्रतेक नागरीकहरु अनि पछिल्लो पुस्ता अहिले मनोरञ्जनका लागि निकै खुल्ने गरेका छन् भने नयाँ पुस्ताका नायक नायिका तथा गित संगीतका पारखीहरु बद्लिदो समय सँगै केही नयाँ पन अनि नयाँ स्वादमा रमाउन चाही रहेका छन् । अन्नतमा, समय जति सुकै अघाडी बढेपनि परिवर्तनलाइृ सहजै स्वीकार गारौँ तर नेपाली मन नेपाली पन र संकृतिलाई नभुलौँ ।

भिडियो पनि हेर्नुहोस्

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video