फुटबल खेलाडीको बन्ने भए क्याप्टेन’मा अनमोल केसी

काठमाण्डौ ।
नेपाली चलचित्रको दुनीयामा सर्बाधिक पर्खाईको चलचत्रि ’कृ’को छायांकनमा व्यस्त नायक अनमोल केसी अब फुटबल खेलाडी बन्ने भएका छन् । उनी नयाँ फिल्म ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिन दर्शक माझ देखीन लागेका हुन् । अनमोललाई लिएर कन्फर्म गरीएको क्याप्टेन’ लाई आइतवार चलचित्र विकास बोर्डमा दर्ता गराइएको छ स्रोतले जानकारी गाराएको हो ।


यो फिल्मलाई सफल निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । अर्को वर्षको भदौको तीजमा प्रदर्शन गर्ने तयारीका साथ फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुदैछ । काजल फिल्मस् बाट निर्माण हुने यस फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् । ‘क्याप्टेन’मा अनमोलको अपोजिटका लागि भने नायिका अहिले सम्म तय भइसकेको छैन । फिल्म ’कृ’ रिलिजको एक सातापछि अनमोल ‘क्याप्टेन’का लागि पूर्व प्रस्थान गर्नेछन् ।


अनमोल केही दिनमा नै फ्रेमिङका लागि झापा जाने तयारीम पनि रहेकाछन् । अनमोल अभिनीत फिल्म ’कृ’ माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video