पायो चलचित्र बिकासबोर्डले पहिलो पटक महिला अध्यक्षमा निकीता

काठमाण्डौ ।
करिब पाँच महिनादेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् । नेपालको चलचित्र क्षेत्रको निगरानीका लागि चलचित्र विकास बोर्ड एकमात्र सरकारी निकाय हो ।

भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको थियो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियम अनुसार निकिता योग्य ठहरिएपछि उनलाई बोर्ड अध्यक्षमा नियूक्त गरिएको बताइएको छ । चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video