अनमोल अभिनीत ‘कृ’ लाई अबसर दिदै स्वेताले धकेलीन् ‘कान्छी’को प्रर्दशन मिति

 काठमाण्डौ ।

माघ २६ गतेका लागि प्रर्दशन मिती तय गरेर प्रतिश्पर्धाको दौडानमा रहेका २ चलचित्र ‘कृ’ र ‘कान्छी’ ले अब एकसाथ प्रर्दशन नहुने भएका छन् । कृ का लागि माघ २६ छोडेर स्वेताले आफ्नो चलचित्र कान्छीको प्रर्दशन मिति फाल्गुन ४ लाई तय गरेकी हुन् । तर मिति सारे पनि स्वेताका लागि फागुन ४ पनि एकलौटी नहुने भएको छ। किनकी फागुन ४ मा भने छविराज ओझाको ’मंगलम’ पनि प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज सार्नुको विषयमा जानकारी दिँदै श्वेताले भनिन् ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टीमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनिकुनै निर्णय नभएपछि म आफैं सरेको हुँ ।’

यो फिल्मलाई ’कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । ‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ’कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video