सुरज लामिछानेको बास्तबिक मार्मिक गीत “गयौ आमा”(भिडियो सहित)

काठमाडौं : गाउँमा होस् या शहरमा जीवन गुजार्दै गरेका गरीबहरुको कथा व्यथामालाई समेटेर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘गयौ आमा’ सार्वजनिक भएको छ । सुनखानी म्यूजिकको उत्पादनमा बजारमा आएको सुरज लामिछानेको गयौ आमा बोलको गीतमा स्वर स्वयम् लामिछानेकै रहेको छ ।

यस गीतको शब्द संगीत भने गायक विरही कार्कीको रहेको छ । बालबच्चा सानैमा छाडेर स्वर्गबास भएकी आमालाई सम्झिएको कथा यसभित्र समावेश गरिएको छ ।आजबाट बजारमा आएको गीत ‘गयौ आमा’को भिडियो भने मण्डली फिल्म्स्ले निर्माण गरेको हो । दिपेन्द्र तिमिस्लिनाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । पवन सिंखडाको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोमा हिउँवाला गौतम, सुरज लामिछाने, विरही कार्की, अपूर्व गौतम, विशाल कार्की र हिमानी कार्की रहेका छन् । भिडियो हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video