निखिल उप्रेति एक्सन फिल्म ‘पिंजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक

काठमाण्डौ।

निखिल उप्रेती अभिनित फिल्म ‘पिंजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाण्डौमा एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको ट्रेलरमा निखिल उप्रेतीको एक्सन तथा निखिल, सारा र बाल कलाकार कुशाग्रहको को सेन्टीमेन्ट प्रश्तुत देखीन्छ।
ओम साई मौलाकालिका सिने आर्ट र ओम साई भक्त मुभिजको प्रस्तुति रहेका फिल्मको ट्रेलर सार्बजनिक कार्यक्रममा पिंजडा ब्याग अगेनका निमार्ण युनिट, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थीति रहेको थियो ।

करिब १२ बर्ष अघाडी निखिल उप्रेतिको डेव्यु फिल्मका रुपमा रहेको पिंजडा पछीको पिंजडा व्याक अगेनमा निखिलको खारिएको एक्सन र द्धन्दप्रधान प्रश्तुत छ। यस पिंजडा ब्याक अगेन ट्रेलर सार्बजनिक कार्यक्रममा सहभागी विभिन्न व्यक्तीत्व हरुले शुभकामनाका साथ ट्रेलरका लागि बधाई समेत दिएका थिए । चलचित्रका नायक निखिल कार्यव्यस्तताले सहभागी नभएता पनि निर्देशक, निर्माता, तथा नायिकाले मिडीया समक्ष सकारात्मक सहयोगको अपेक्षा सहित फिल्मको ट्रेलरका बारेमा प्रतिक्रीयाको अपेक्षा रहेको बताए ।

हिमाल केसीले निर्देशन गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ लाई मौनता श्रेष्ठले लेखेका छन्। फिल्ममा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी छ। फिल्ममा निखिल र सारासँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका छ भने चलचित्र यहीँ माघ ४ गते बाट प्रदर्शन आउदै छ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video