जात्रा इन्टरटेनमेन्ट प्रालिले “हेटौडा डिभा २०७४” सौन्दर्य प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ : हेटौडामा हुन गईरहेको दोश्रो राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सबको उपलक्ष्यमा जात्रा इन्टरटेनमेन्ट प्रालिले “हेटौडा डिभा २०७४” सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ l बिगत लामो समय देखि हेटौडामा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्दै आएको जात्रा इन्टरटेनमेन्ट प्रालिले हेटौडा तथा मकवानपुर जिल्ला भरिका युवतीहरुलाइ समेट्दै उनीहरुको लुकेको प्रतिभालाई उजागर गर्दै भविष्यमा समाजमा उत्कृष्ट माहिलाको रुपमा प्रस्तुत गर्ने उदेश्यले यस सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागिएको जात्रा इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिशाल घोष बताउछन l उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l साथै यस सौन्दर्य प्रतियोगिताको बिजेताले नगद रु, २५,००० फर्स्ट रनरअपले रु,१५,००० तथा सेकेण्ड रनरअपले रु, १०,००० सहित क्राउन र ट्रफी प्राप्त गर्नेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक बिशाल घोष बताउछन l यस सौन्दर्य प्रतियोगीताले मकवानपुर युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले जात्रा इन्टरटेनमेन्ट प्रालिको कार्यलय हेटौडा बाट फर्म लिएर भाग लिन सक्नेछन l

पौष ७ गते देखि पौष १८ गते सम्म हेटौडाको भुटनदेबि पार्क टि सी एन चौरमा दोश्रो राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब २०७४ मा गायन प्रतियोगिता समेत हुने भएकोले इच्छुक प्रतियोगीहरुले जात्रा इन्टरटेनमेन्ट प्रालिको कार्यलय हेटौडा बाट फर्म लिएर भाग लिन सक्नेछन l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video