बिस्व कीर्तिमानी डिजे छेवाङ शेर्पा ग्याल्पो लोसार सास्कृतिक साझ २०७४ को लागि मलेसिया जादै

काठमाडौँ : शेर्पा किदुक मलेसियाको आयोजनामा हुन गइरहेको सीफोखिलो २१४५ औ ग्याल्पो लोसार सास्कृतिक साझ २०७४ कार्यक्रममा बिस्व किर्तिमान राख्न सफल चर्चित डिजे छेवाङ शेर्पा मलेसिया जाने भएका छन l बौद्ध धर्मालम्बीहरुको महान पर्ब लोसारको उपलक्ष्यमा हुन लागेको सास्कृतिक कार्यक्रममा आफ्नो जोडदार प्रस्तुति दिएर मलेसियाबासि नेपालि दाजुभाइ तथा दिदीबहिनीहरुलाई भरपुर मनोरन्जन दिनको लागि बिस्व कीर्तिमानी चर्चित डिजे छेवाङ शेर्पा आफ्नो सम्पूर्ण तयारीको साथमा मलेसिया जाने भएका छन l नेपाल भित्र मात्र नभएर नेपाल बाहिर अन्य देशमा समेत गएर डिजे गरिसकेका चर्चित डिजे छेवाङ शेर्पाको माग अहिले देश बिदेशमा बढ्दो छ l डिजे छेवाङ शेर्पा बिश्वकै सर्वाधिक उचाइमा डिजेइङ गरेर बिश्व कीर्तिमान राखेको हुन उनले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ्ला पासको ५ हजार ४ सय १६ मिटर उचाइमा डिजेइङ गर्न सफल भएर आफ्नो मात्र नभएर विश्वमा देशको नाम उच्च बनाउन सफल भएका थिए l

उक्त ग्याल्पो लोसार सास्कृतिक साझ २०७४ कार्यक्रमको लागि डिजे छेवाङ शेर्पा लगायत एबिसी टेलिभिजनका कार्यक्रम संचालिका निम्लेकी शेर्पा र सेलो तथा अाधुनिक नव गायक वोङमु लामा शेर्पा, गायक अाङ फुरी शेर्पा समेत नेपाल बाट आफ्नो प्रस्तुति दिन मलेसिया जाने भएका छन भने उक्त सास्कृतिक कार्यक्रममा सथानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ l उक्त सास्कृतिक कार्यक्रम यहि आउदो फेब्रुअरी १६ तारीखमा हुने कुरा डिजे छेवाङ शेर्पा बताउछन l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video