चलचित्र ‘मिस्टर भर्जीन’ निमार्ण घोषणा, गौरब पहाडी र मरिष्का मुख्य भुमिकामा

काठमाण्डौ ।
नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ निर्माण हुने भएको छ । नायक गौरव पहाडी र नायिका मरिष्का पोखरेललाई मुख्य भूमिकाका साथ फिल्म ‘मिस्टर भर्जिन’ निर्माण हुन लागेको हो । बुधवार काठमाण्डौमा एक कार्यक्रमका बीच वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले ‘मिस्टर भर्जिन’को औपचारिक निर्माण घोषणा गरेको हो।


कर्मसियल मुभिकालागी डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशनमा बन्नलागेको यो फिल्मले ३ युवाको कुमार रहँदाको यौन मनोविज्ञानको कथालाई पर्दामा उर्ताने भएको छ । फिल्ममा गौरव र मरिष्काको साथमा भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जानकारी गराएको छ।

‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी तथा सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ । फिल्मको नाम मिस्टर भर्जीन भएता पनि घर परिवार साथमा बसेर हेर्न मिल्ने भन्दै नायक गौरव पहाडीले फिल्मको गहिराईको वास्तबिकता खोलेका थिए । यस्तै, नायिका पोखरेलले फिल्मको कथाबाट आफू प्रभावित भएर फिल्ममा आबद्ध भएको बताइन् ।
मंसिर २९ बाट छायाँकनकोका लागि तयार ‘मिस्टर भर्जिन’ फिल्मलाई बैशाख अन्तिम साताबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको पनि कार्यक्रममा जानकारी गराईयो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video