नायक अनमोल केसी र नायिका अदिती बुढाथोकी अभिनित ‘कृ’को रोमान्टीक पोष्टर सार्बजनिक

काठमाण्डौ ।
बर्षकै सर्बाधिक प्रतिक्षित चलचित्र ‘कृ’को पोष्टर सार्वजनिक गरिएको छ । सार्बजनिक उक्त रोमान्टीक पोष्टर, ट्रेलर सार्वजनिक गर्न अगाडि निर्माणपक्षले नायिका अदिती बुढाथोकीलाई समेत समाबेस गरेर सार्बजनिक गरेको हो । यसअगाडि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको पोष्टर सार्वजनिक गरिएका थिए। शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।


प्रतिक्षामा रहेका सम्पुर्ण दर्शक तथा चलचित्र पे्रमीलाई अनमोल र अदितीको रोमान्टिक पोष्टरले चलचित्रप्रति झनै उत्सुकता बढाएको छ। सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो। चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।

सुवास गिरी र भुवन केसी निर्माता रहेको यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video