हेटौडामा मेला गराउन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले घुस मागेको खुलासा

हेटौडा : बिगत दुइ बर्ष अघि बैशाखको भूकम्पमा परेर निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानले प्रत्येक बर्ष हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिइरहेको छ । हेटौंडा गोल्डकपलाई निरन्तरता दिनको लागि आर्थिक जोहो गर्ने उद्देश्यसहित प्रतिष्ठानले यही पुष ७ देखि १८ गतेसम्म दोश्रो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव गर्न लागेको छ ।

गत बर्ष भब्यताको साथ सम्पन्न राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सबलाइ निरन्तराता दिदै यस बर्ष पनि आयोजकहरुले यस मेलालाई आयोजना गर्न लागेका हुन् l तर आयोजक बाट मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको पैसा मागेको र आयोजकले पैसा दिन अस्विकार गरेको कारणले गर्दा अध्यक्ष राजकुमार न्यौपानेले महोत्सब्लाई बिबादमा तान्न कोसिस गरेको आयोजक पक्षले लगाएको छ l

मकवानपुर जिल्लाको चौतर्फी बिकाशको लागि आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्न तथा हजारौको संख्यामा रोजगारी दिलाउने उक्त मेला एकजनाको व्यक्तिगत स्वार्थ पुरा गर्न कुनै पनि हालतमा बिबादरहित बनाएर सम्पन्न गर्ने आयोजक टिम बताउछन l मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मागेको पैसा नदिदा मात्र यस्तो विवाद उत्पन्न गराउन खोजेको आयोजक टिमको दाबि छ l

महोत्सवको कारण मकवानपुरका उद्योगी व्यवसायीलाई समस्या हुने भन्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेसहित केही पदाधिकारी महोत्सव रोक्नुपर्ने माग गर्दै विभिन्न संस्था चाहरिरहेको आरोप लगाइएको छ । मकवानपुरका कपडा व्यवसायीहरुले महोत्सवले व्यापारमा घाटा पुग्ने बताएको भन्दै मउवा संघले बिहीबार संघमै सर्वपक्षीय बैठकको आयोजना गरेको थियो ।

बैठकमा उपस्थित केहीले महोत्सव रोक्नुपर्ने बताएका थिए । महोत्सवको मुख्य आयोजक सुमन भोम्जन स्मृति प्रतिष्ठानका प्रथम उपाध्यक्ष सविन भट्टाचार्यले बैठकमा मउवा संघका अध्यक्ष राजकुमार न्यौपानेसहितका केही पदाधिकारीले रकम नछुट्याएको कारण अनावश्यक विवाद निकालेको बताए । बैठकमा मउवा संघ अध्यक्ष न्यौपानेले यस बिषयमा धेरै बोल्नु उचित नभएको भन्दै मकवानपुरको व्यवसायीको हितको निम्ति महोत्सव स्थगित हुनुपर्ने माग गरे ।

सुमन भोम्जन प्रतिष्ठानको महोत्सव रोक्न लागिपरेका न्यौपानेले प्रतिष्ठानसंगै पैसा मागेको भन्दै बैठकमा कुरा उठेपछि सहभागी कपडा व्यवसायीहरु निराश भएर बैठकबाट निस्किएका थिए । संघले प्रत्येक २÷२ बर्षमा गर्दै आएको औद्योगिक व्यापार मेला कार्यसमितिको विवादका कारण यस बर्ष नगर्ने निर्णयमा पुगेको भन्दै केही महिना अघि पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video