’साइली’ गीतको सफलता सँगै अब चलचित्र साँइली पनि गौरभ र मेनुकाका साथमा

काठमाण्डौ ।

नेपाली मौलिकता र यथार्थता बोकेको ‘साईली’ जस्तो सफल गितको टाटईलमा अब चलचित्र पनि बन्ने भएको छ। ’साइली’ गीतको सफलता सँगै चलचित्र ’साइली’ लाई गैरभ र हेमन्तको संयुक्त ब्यानर जिएच इन्टरटेन्मेन्ट बाट निर्माण गरिने जानकारी बिहीबार एक कार्यक्रमका साथ गराईएको हो । सायद कोहि नेपाली छन् होला जसले ’साइली’ गीत सुनेका छैनन् । हो सोही सर्बा्धिक चर्चित गीत ’साइली’को बिषयवस्तुलाई लिएर ’साइली’को आज औपचारिक घोषणा गरिएको हो । चलचित्रमा ’साइली’ गितका स्टारहरु गौरब पहारी र मेनुका प्रधान नै मुख्य कलाकार हुने गरि चलचित्रको घोषणा गरिएको हो । उक्त कार्यक्रममा गायक हेमन्त राना, नायक गौरब पहारी लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो भने नायिका मेनुका प्रधान कार्यब्यस्ततालउपस्थित थिइनन् ।

चलचित्रलाई ’कबड्डी’ फेम परिचित निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । ’साइली’को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ । गायक हेमन्त रानाले यो गीत माथि चलचित्र बनाउनु सानो चुनौती नरहेको र सम्पूर्ण टिम मिलेर दर्शकको अपेक्षा अनुरुपको चलचित्र निर्माण गर्ने बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video