बिनय श्रेष्ठको नौलो पन, दुई विकिनी गर्लसँगको लाईभ प्रश्तुतीका साथ गीत रिलीज

काठमाण्डौ ।
नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘स्यान्डवीच मी’ बोलको क्लब सङ सार्वजनिक गरियो । सार्वजनिक कार्यक्रममा २ विकीनी गर्ल संग भित्रीएका बिनयको लाईभ प्रश्तुतीले झल्काए अनुरुपको गित अहिले युटुवमा सार्बजनिक भईसकेको छ। फरक प्रश्तुतीका साथ गित सार्वजनिक गर्ने सोच अनुरुप यस्तो प्रश्तुति दिइएको नायक बताउछन् ।


अमेरीकामा गरिएको यस गीतलाई अर्ल यूआरएल एडगरले स्वर र शब्द भरेका छन् भने बलिउड गायक गौरव डागोन्करले संगीत भरेका छन् । भिडियोलाई निकै स्तरिय बनाइएको छ । प्रताप सिंहको कोरियोग्राफी रहेको भिडियोलाई उज्वल सिंहले खिचेका हुन् । फिल्ममा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ ।

नरेश कुमार केसीले निर्देशन गरेको यस फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । निर्माता समेत रहेका नायक विनयले फिल्मको एक गीतमा स्वर पनि दिएका छन् । शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् । फिल्म यही फागनु ११ बाट अल नेपाल लाग्दै छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video