पञ्चेबाजाको ‘घिन घिन मादल’ मा सौगात र जस्मिनको बेजोड नृत्य (भिडियो)

काठमाण्डौ ।
चलचित्र पञ्चेबाजाको ‘घिन घिन मादल’ बोलको लोकभाकाको गित सार्बजनिक भएको छ। फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ ,बुद्धी तामाङ र सिर्जना सुब्बाको अभिनय रहेको छ।

गायीका अञ्जु पन्त र गायक डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको छ भने कविराज गहतराजले गीतको कोरियोग्राफ गरेका हुन् । यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका घनश्यामले चलचित्रमा ३ पात्रको कथा रहेको जानकारी गारएका छन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी रहेको छ भने फिल्ममा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतका कलकारहरुको अभिनय रहेको छ ।


फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video