एक्सन अबतारका साथ अनमोल अभिनीत ‘कृ’को ट्रेलर सार्बजनिक (भिडियो)

काठमाण्डौ । बर्षकै सर्र्बा्धिक प्रतिक्षित चलचित्र ‘कृ’को अन्तत ट्रेलर सार्बजनिक भएको छ। अनमोल केसी र अदिती बुढाथोकीको अभिनय रहेको चलचित्र कृ को शुक्रबार काठमाण्डौमा एक पत्रकार भेटघाटका साथ ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा अधिकाम्स समय अनमोलमय बनेको छ। एक्सन अबतारमा प्रश्तुत अनमोल अनि सेन्टीमेन्ट मुडमा देखीएकी अदिती बुढाथोकीको अभिनयलाई प्रसंशनिय रुपमा देखाईएको छ।


सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो। चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ। सुवास गिरी र भुवन केसी निर्माता रहेको यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ।

भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video