वलिउड चलचित्र प्याडम्यानको ट्रेलर सार्बजनिक (भिडियो)

काडमाण्डौ ।
वलिउड चलचित्र प्याडम्यान’को ट्रेलर सार्वजनिक भएको छ । अरुणाचलम मुरुगनाथमको जिन्दगीमाथी आधारित भएर निर्माण भएको फिल्म हो ‘प्याडम्यान’ । चर्चित अभिनेता अमिताभ बच्चानको आवाजका साथ सुरुवात भएको ट्रेलरमा अमिताभले अमेरिकासँग ’सुपरम्यान’, ’ब्याटम्यान’ र ’स्पाइडरम्यान’ भएको र भारतसँग ‘प्याडम्यान’ रहेको बताएका छन् ।

फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् ।ट्रेलरमा अक्षयलाई यूनाइटेड नेशनमा मोटिभेशनल स्पीच दिँदै गरेको पनि देख्न सकिन्छ । ‘प्याडम्यान’ यूनाइटेड नेशनमा सुट गरिने दोस्रो फिल्म हो । यो फिल्मका निर्देशन आर बाल्कीनै हुन् । फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् । २६ जनवरी, २०१८ मा ‘प्याडम्यान’ प्रदर्शन हुँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video